उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक

काठमाडाैं | चैत ६, २०८१

उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ । 


नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिनुभयो । 


यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले जानकारी दिनुभयो ।
 

यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष हुनुभएको छ । 


पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । 

म्याग्दी:  वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...

थप पढ्नुहोस्

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्